सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा दाङको मुर्कुटीमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले दाङको मुर्कुटीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले दाङ जिल्लाको बंगलाचुली गाउँपालिका, मुर्कुटीमा मंसिर ३ गतेदेखि ८६औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो । सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी होतीदेवी वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।


क्लिकमान्डु