सुनचाँदीको मूल्यमा सामान्य गिरावट



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँ ले घटेर रु ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजावी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला ९४ हजार रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ सय रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।


क्लिकमान्डु