सेयर धितोमा जाने कर्जा तीन महिनामा २.२ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा सेयर धितोमा जाने कर्जा २.२ प्रतिशतले घटेको छ । असोज मसान्तसम्म बैंकबाट सेयर धितोमा जाने कर्जा २ अर्ब ३६ करोड ९७ लाख रुपैयाँले घटेको छ ।

असार मसान्तसम्म सेयर लगानीकर्ताले १ खर्ब ६ अर्ब २८ करोड ३९ लाख रुपैयाँ रहेकोमा असोज मसान्तसम्म आइपुग्दा २.२ प्रतिशतले घटेर १ खर्ब ३ अर्ब ९१ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा यस्तो प्रकृतिको कर्जा १७.८ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार तीन महिनाको अवधिमा १ करोडभन्दा बढी जाने ऋण ७.६ प्रतिशत अर्थात ५ अर्ब ६० करोड ४० लाख रुपैयाँले घटेको छ ।
असार मसान्तमा बैंकहरुबाट सेयर लगानीकर्ताले ७३ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ कर्जा लिएकोमा असोज मसान्तसम्म आइपुग्दा ६७ अर्ब ९३ करोड १९ लाख रुपैयाँ कर्जा लिएका छन् । गत आवको सोही अवधिमा यस्तो कर्जा २२.५ प्रतिशतले बढेको छ ।

१ करोड भन्दा बढीको कर्जा लिनेको ऋणीको संख्या घटेपनि १ करोड रुपैयाँभन्दा कम सेयर धितोकर्जा लिने ऋणीको संख्या बढेको छ ।

राष्ट्र बैंकका अनुसार ५० लाखदेखि १ करोडसम्म ऋण लिनेको संख्या ७ प्रतिशत अर्थात ८४ करोड ६२ लाख रुपैयाँले बढेको छ ।

असार मसान्तसम्म १२ अर्ब १ करोड ६० लाख रुपैयाँ ऋण लिएकोमा असोज मसान्तसम्म आइपुग्दा ७ प्रतिशतले बढेर १२ अर्ब ८६ करोड २३ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिको तुलना चालु आवको सोही अवधिमा यस्तो कर्जा लिनेको संख्या केही बढेको छ । गत आवको सोही अवधिमा ६.२ प्रतिशतले बढेको थियो ।

तीन महिनाको अवधिमा २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर धितोकर्जा लिनेको संख्या पनि ९.५ प्रतिशत अर्थात १ अर्ब २६ करोड ५० लाख रुपैयाँले बढेको छ ।

असार मसान्तसम्म १३ अर्ब ३५ करोड ४४ लाख रुपैयाँ ऋण लिएकोमा असोज मसान्तसम्म आइपुग्दा ९.५ प्रतिशतले बढेर १४ अर्ब ६१ करोड ९४ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिको तुलना चालु आवको सोही अवधिमा यस्तो कर्जा लिनेको संख्या केही घटेको छ । गत आवको सोही अवधिमा १८.२ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार २५ लाख रुपैयाँभन्दा कम ऋण लिने सेयरधनीको संख्या बढेको छ । थोरै ऋण लिने सेयर कारोबारको संख्या बढेको छ । प्रतिशतको आधारमा हेर्दा यसमा आकर्षण निकै बढेको देखिएको छ । असोज मसान्तसम्म २५ लाख रुपैयाँभन्दा कम ऋण लिनेको संख्या १५.२ प्रतिशत अर्थात १ अर्ब १२ करोड ३१ लाख रुपैयाँले बढेको छ ।

असार मसान्तमा सेयर लगानीकर्ताले ७ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ कर्जा लिएकोमा असोज मसान्तमा आइपुग्दा १५.२ प्रतिशतले बढेर ८ अर्ब ८० करोड ८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा ३.३ प्रतिशतले मात्रै बढेको थियो ।


क्लिकमान्डु