विश्व बैंकले रिड प्रोजेक्टका लागि साढे ९ अर्ब सहयोग गर्ने



काठमाडौं । कृषि मन्त्रालयले विश्व बैंकसँग मिलेर ग्रामीण उद्यम र आर्थिक विकास (रिड)का लागि ९ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ ।

बिहीबार कृषिमन्त्री महिन्द्रराय यादव र विश्व बैंकका नेपाल, श्रीलंका र माल्दिभ्सका लागि कन्ट्री डाइरेक्टर फारिस हादाद जेरोभले प्रोजेक्टको सयुक्तरुपमा उद्घाटन गरेका छन् ।

उक्त परियोजनाले नेपालको कृषि क्षेत्रको विकास गर्दै उद्यमशिलताको विकास गर्ने उद्देश्य लिएको छ । सरकारले ४ वर्षका लागि विश्व बैंकसँग साढे ९ अर्ब रुपैयाँ कर्जा लिएर काम अगाडि बढाएको हो ।

उक्त प्रोजेक्ट ५ वटा आर्थिक करिडोरहरु प्रदेश नम्बर १ र २, बागमति, गण्डकी, लुम्बिनी र सुदुपश्चिम प्रदेशमा केन्द्रित हुनेछ । उक्त प्रोजेक्ट कृषि विकास रणनीति २०१५–२०३५ अन्तर्गत रहेर काम गर्नेछ ।

उक्त प्रोजेक्टले ५ हजार ७ सय अल्पकालीन रोजगारी सिर्जना गर्ने समेत लक्ष्य लिइएको छ । उक्त प्रोजेक्टका लागि सरकारले सन् २०२० डिसेम्बरमा विश्व बैंकसँग सम्झौता गरेको थियो


क्लिकमान्डु