सुनको मूल्य २ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएकोमा बिहीबार २ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९४ हजार रुपैयाँ कायम भएको छ । साथै, बुधबार १२ सय ८० रुपैयाँ कायम भएकोका बिहीबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु