सिभिल बैंकको अध्यक्षमा प्रताप जंग पाण्डे नियुक्त



काठमाडौं । सिभिल बैंकको अध्यक्षमा प्रताप जंग पाण्डे नियुक्त भएका छन् ।

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई नियुक्त गरेको हो । यसअघि बैंकका अध्यक्ष इच्छाराज तामाङ ठगीको आरोपमा पक्राउ परेपछि सञ्चालक समितिले पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

पाण्डेले सबैको साथ र सहयोगमा जिम्मेवारी पूरा गर्ने बताए । पाण्डेसँग सिभिल बैंकमा गाभिएको आईएलएफसी फाइनान्सको उच्च व्यवस्थापनमा बसेर काम गरेको अनुभव छ ।

उनी हेलिकोप्टर व्यवसायी समेत हुन् ।


क्लिकमान्डु