नेप्सेको सीइओ बन्न ११ जनाको आवेदन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत बन्न ११ जनाले आवेदन दिएका छन् ।

सरकारले खुला प्रतिस्पर्धाद्धारा नेप्सेको सीइओमा नियुक्ति गर्न लागेको छ ।

आवेदन दिने अन्तिम मितिसम्म ११ जनाले सीइओको लागि आवेदन दिएका हुन् । नेप्सेका सीइओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको सेयर खरिदको विवादमा तानिएपछि नेप्सेमा सीइओ पद खाली छ ।

सर्वोत्तमको विवादमा नतानिएको भए साउद नेप्सेको सीइओमा दोहरिने तयारीमा थिए ।


नेप्सेको सीइओको लागि डा रमेशकुमार भण्डारी,जीवन अम्गाई,प्रविण पन्दाक,बद्रिप्रसाद प्याकुरेल,कृष्णबहादुर कार्की,निरन्ज फुयाल,दिपक गौतम,केशवप्रसाद श्रेष्ठ,गोविन्द प्रसाद दाहाल,छविराज पन्त र रमेश घिमिरेले आवेदन दिएका थिए ।

आवेदन दिएका अम्गाई र श्रेष्ठले धितोपत्र बोर्ड अध्यक्षको लागि समेत आवेदन दिएका थिए । आवेदन दिएका मध्ये पन्दाक र फुयाल नेप्सेका कर्मचारी हुन् ।


क्लिकमान्डु