कर तिर्न एलन मस्कले बिक्री गरे १ अर्ब १० करोड डलर बराबरको सेयर



एजेन्सी । ७ शब्दको ट्वीटका कारण २ दिनमा नै ५० अर्ब डलर बराबरको सम्पत्ति गुमाएका टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले ९ लाख ३४ हजार कित्ता सेयर बिक्री गरेका छन् ।

त्यसबाट उनले १.१ अर्ब डलर बराबरको रकम प्राप्त गरेका छन् । कम्पनीको सेयर बुधबार १०६७ डलरमा बिक्री बन्द भएको थियो ।

पछिल्ला दिनमा ऋणको भार कम गर्ने र आफनो सेयर हिस्सा कम गर्ने तयारी गरेका मस्कले सामाजिक सञ्जालमा नै सेयर बिक्री गरौं कि नगरौं भनेर प्रश्न गरेका थिए । सन् २०१६ पछि मस्कले सेयर बिक्री गरेको यो पहिलो पटक हो ।

नेपाललगायतका देशमा भने कसरी कर छली गर्ने भन्ने मनसाय अभिव्यक्त हुने गरेको पाइन्छ । तर उनले कर तिर्नका लागि नै आफनो सेयर बिक्री गरेको अन्तर्राष्ट्रिय समाचार विवरणहरुमा जनाइएको छ ।

उनले सेयर बिक्रीबाट आएको पैसा कर तिर्ने प्रयोजनका लागि उपयोग गर्ने भएका छन् ।

उनले अमेरिकी नियामकलाई सेप्टेम्बरमा दिएको जानकारीका आधारमा सेयर बिक्री भएको हो । अमेरिकी सेक्युरेटिज एण्ड एक्सचेञ्ज कमिसनमा गएर जानकारी दिएर नै बिक्री गरिएको बताइएको छ ।

मस्कका साथमा अब १.७ करोड कित्ता सेयर छ । गत जुनसम्म मस्कको साथमा नै टेस्लाको बढी सेयर रहेको थियो । टेस्लाको कूल सेयरको १८ पतिशत हिस्सा उनको साथमा थियो । फोब्र्सका अनुसार मस्क यस समय संसारभरका धनीमध्येका एक हुन् ।

आफ्नो एक बयानका कारण उनको सम्पत्ति केवल २ दिनमा नै ५० अर्ब डलर बराबरले ओरालो लागेको थियो । सेयर बजारमा उनको कम्पनीको सेयरमा भारी मात्रामा गिरावट आएको थियो ।

उनले टेस्लाको १० प्रतिशत सेयर बिक्री गर्ने बारेमा आम रुपमा राय मागेका थिए । उनको रायको असर सेयर बजारमा पर्दा उनको सम्पत्तिमा उच्च अंकको गिरावट देखिएको हो ।

उनको भनाइको असर भने क्रिप्टोकरेन्सीमा परेको थियो । यसको मूल्यमा भने उल्लेख्य मात्रामा वृद्धि भएको छ । यस्तै, अवस्था सन् २०२० मा समेत भएको थियो । उनको भनाइकै आधारमा त्यतिबेला समेत सेयर बजारमा भारी मात्रामा गिरावट आएको थियो ।

सामान्य विचारले पनि बजारमा कस्तो. असर पर्छ भन्ने कुरा यसले देखाउछ । सेयर बजार भनेको मनोविज्ञान पनि हो भन्ने कुरा यसले थप पुष्टि गरेको छ ।

विवरणअनुसार भारतीय अर्बपति व्यापारी एवम् रिलायन्सका मालिक मुकेश अम्बानीको सम्पत्ति ९५ अर्ब डलर बरारबर रहेको छ । अर्थात् उनको सम्पत्तिको आधा भन्दा बढी हिस्सा बराबरको सम्पत्ति घटेको छ ।

ब्लूमवर्ग विलेनियर इन्डेक्समा समावेश भएका अर्बपतिको सम्पत्ति २ दिनमा नै यसरी घट्नुलाई भने आम मानिसले आश्चर्यजनक रुपमा लिएका छन् ।

ऐतिहासिक रुपमा नै पहिले पटक यस्तो गिरावट देखिएको बताइएको छ । यसभन्दा पहिले अमेजनका मालिक जेफ बेजोसको सम्पत्ति पनि एक दिनमा नै ३६ अर्ब डलरले ओरालो लागेको थियो ।

एलन मस्कले गत हप्ता सामाजिक सञ्जालमा पोष्ट गरेको एक भनाइका आधारमा उनको सम्पत्तिमा उच्च अंकको गिरावट देखिएको हो ।

उनले उनका समर्थक तथा शुभेच्छुकलाई सोधका थिए कि मैले टेस्लाको १० प्रतिशत सेयर बिक्री गर्दा के होला भनेर ? तर त्यसको परिणाम भने बजारमा नकारात्मक रुपमा देखिएको छ । यो विवरण आउनु भन्दा पहिले उनका भाइले पनि आफनो काफी मात्रामा रहेको सेयर बिक्री गरेका थिए ।

उनले आफनो ऋण कम गर्नका लागि टेस्लाको सेयर बिक्री गर्न लागेको भनाइ पनि सार्वजनिक भएको छ ।

टेस्लाको सेयर मूल्य ओरालो लागेपछि जेफ बेजोस र उनको सम्पत्तिको बीचमा ८३ अर्ब डलर बराबरको अन्तर देखिएको छ । मस्कको सम्पत्ति बढेर ३१५ अर्ब डलर पुगेको थियो भने बेजोसको मात्रै २९९ अर्ब डलर बराबर रहेको थियो ।

मस्क यसै वर्षको जनवरीमा बेजोस भन्दा अगाडि बढेका थिए । टेस्लाले आफनो सेयर बिक्री गर्दा एआरके इन्भेस्टमेन्ट म्यानेजमेन्टको मंगलबार मात्रै ७.५ करोड डलरको घाटा भएको थियो । जबकी, ओरेकल कर्पाको २.१ अर्ब डलर बराबरको घाटा भएको थियो । यी दुबै टेस्लाका लगानीकर्ता हुन् । टेस्लाको सेयरमा गिरावट आएपछि मस्कको सम्पत्तिमा समेत कमी आएको छ ।

उनले ट्वीटरमा राखेको ७ शब्दको ट्वीटले उनको सम्पत्ति तेज गतिमा ओरालो लाग्यो । एक एक शब्दको हिसाब समेत यसमा गरिएको छ । प्रत्येक शब्दको मूल्य १४ हजार करोड बराबर रहन पुगेको छ । यसबाट कम्पनीको मूल्यमा कम भयो नै मस्क आफैको समेत ३ विलियन डलर बराबरको सम्पत्ति एकै क्षणमा हराएर गयो ।

जानकारका अनुसार मस्क टेस्लामा आफनो हिस्सेदारीलाई कम गर्न चाहन्छन् । करको भार कम गर्नका लागि उनले सेयर बिक्री गर्ने योजना अगाडि सारेका थिए ।

उनले सेयर बिक्री गर्दा के होला भनेर सोधेको प्रश्नको जवाफमा ३५ लाख मानिसले आफनो धारणा दिएका छन् । त्यसमध्ये ५९.६ प्रतिशतले सेयर बिक्री गर्दा हुन्छ भनेका छन् भने ४२.१ प्रतिशतले सेयर बिक्री नगर्न भनेका छन् ।


क्लिकमान्डु