नेपाल बंगलादेश बैंकका सीइओ ढुंगानाको तलब १ करोड ४१ लाख



काठमाडौं । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले गत आर्थिक वर्षमा १ करोड ४१ लाख रुपैयाँ तलब भत्ता लिएका छन् ।

बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा सीईओ ढुंगानाले उक्त रकम तलब भत्ता बापत बैंकबाट लिएका छन् ।

ढुंगानाले तलब भत्ताका साथै बोनस, उपदान, संचयकोष तथा औषधि उपचार पाउने गरेको छन् । त्यो बापतको रकम भने उल्लेख गरिएको छैन ।

सीइओ ढुंगानाको तलब तीन वर्षयता समान छ । आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ मा समान छ ।

बैंकले आव २०७४/७५ मा प्रमुख कार्यकारीलाई तलबवापत १ करोड ८३ लाख ५८ हजार रुपैयाँ, आव २०७३/७४ मा १ करोड ४१ लाख २० हजार १ सय रुपैयाँ, आव २०७२/७३ मा १ करोड २१ लाख १ हजार १५६ रुपैयाँ भुक्तानी गरेको थियो ।

साथै, आव २०७१/७२ मा ७६ लाख ८० हजार रुपैयाँ र आव २०७०/७१ मा ५२ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।


क्लिकमान्डु