करिब साढे ६५ करोडको आइपीओ निष्काशनका लागि अनुमित लिन बोर्ड पुगे २ हाईड्रोपावर



काठमाडौं । दुई वटा जलविद्युत कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशन गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन र मन्दाकिनी हाइड्रोपावरले ६५ करोड ४३ लाख ११ हजार रुपैयाँको आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा अनुमतिका लागि आवेदन दिएका हुन् ।

श्वेतगंगाले हाईड्रोपावरले ४७ करोड ७९ लाख रुपैयाँको ४७ लाख ७९ हजार कित्ता र मन्दाकिनी हाईड्रोपावरले १७ करोड ६४ लाख ११ हजार रुपैयाँको १७ लाख ६४ हजार ११० कित्ता आइपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएका हुन् । दुवै कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई आइपीओ निष्काशन गर्न बोर्डमा पुगेका छन् । दुवै कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरले आइपीओ निष्काशन गर्ने भएका छन् ।

श्वेतगंगा हाईड्रोपावरको बिक्री प्रबन्धकमा सानीमा क्यापिटल र मन्दाकनी हाईड्रोपावरको बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ । आवश्यक कागजात बोर्डमा पेश भएपछि बोर्डले आइपीओ निष्काशनको लागि अनुमति दिनेछ । बोर्डको अनुमति पाएपछि यी कम्पनीले आइपीओ निष्काशन गर्ने छन् ।


क्लिकमान्डु