मेगा बैंकले माग्यो ट्रेनि असिस्टेन्ट पदमा ३० कर्मचारी




काठमाडौं । मेगा बैंकले ट्रेनी असिस्टेन्टमा ३० कर्मचारी माग गरेको छ । बैंकले आज एक सुचना जारी गर्दै ३० कर्मचारी माग गरेको हो ।

बैंकले सो पदमा शुरुवात गरेपनि आगामी दिनमा बैंकको अन्य विभिन्न पदमा काम गर्न सक्ने उल्लेख गरेको छ । उक्त पदका लागि आवेदकहरूले व्यवस्थापन/अर्थशास्त्र/आइटी/स्ट्याटिस्टिक विषयमा कम्तिमा २.५ जिपीए ल्याई उत्तीर्ण भएको हुनुपर्नेछ ।

बैंकले सो पदका लागि नोभेम्बर १७ सम्म आवेदन दिन सक्नेछन् । आवेदकहरूले www.merojob.com/mbnl मा अनलाइन आवेदन भर्न सक्नेछन् ।


क्लिकमान्डु