सेलपेको सुपर तिहार सेल



नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले ग्राहकहरुको लागि चाडपर्वकोे उपलक्ष्यमा आकर्षक अफर लिएर आएको छ ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट सामान खरिद गरेमा ५ प्रतिशत वा २५ सयसम्मको क्यासब्याक पाउने छन् ।

यो योजना यही कार्तिक १५ गतेदेखि कार्तिक २० गतेसम्म लागु हुने छ । ५ प्रतिशत क्यासब्याक पाउनको लागि चेकआउट गर्दा कुपन कोड तिहार राखी चेकआउट गर्नु पर्ने छ ।

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५ लाख मर्चेन्टहरुमा भुक्तानी गर्न सकिने छ ।

सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।


क्लिकमान्डु