ज्योति विकास बैंकको नाफा २१ करोड, खराब कर्जा अनुपात बढ्यो



काठमाडौँ । ज्योति विकास बैंकले पहिलो त्रैमासमा २१ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको । गत आवको यसै अवधिमा बैंकले १३ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खराब कर्जा अनुपात गत आवको तुलनामा बढेको छ । गत आवको यसै अवधिमा ०.६५ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात ०.०३ प्रतिशतले बढेर ०.६८ प्रतिशत पुगेको हो ।

खुद ब्याज आम्दानीको शिर्षकबाट बैंकले ५० करोड ४० लाख आर्जन गरेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा तीन करोड ९० लाख रुपैयाँ छ ।

बैंकले ७५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । भने ४८ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ३ अर्ब ८४ करोड रुपैयाँ छ । बैंकको जगेडामा कोष १ अर्ब ७४ करोड रुपैयाँ छ ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी २२.६६ रुपैयाँ छ । यस्तै, बैंकको प्रति शेयर नेटवर्थ १४२.९७ रुपैयाँ छ ।


क्लिकमान्डु