महालक्ष्मी विकास बैंकको नाफा ४४ प्रतिशतले बढ्यो



काठमाडौँ । महालक्ष्मी विकास बैंकको नाफा ४४.२८ प्रतिशतले बढेको छ । बैंकले असोज मसान्तसम्ममा २३ करोड रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन मुनाफा ५१.४७ प्रतिशतले बढेर ३४ करोड ५७ लाख रुपैयाँ पुगेको छ । बैंकले आवको सोही अवधिमा यस शिर्षकबाट २२ करोड रुपैयाँ कमाएको थियो ।

बैंकले यस अवधिमा ४६ करोड ३७ लाख खुद ब्याज आम्दानी गरेको छ । बैंकको खराब कर्जा अनुपात ०.७२ प्रतिशतले बढेर ३.ं०८ प्रतिशत पुगेको छ ।
बैंकले दुई अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । भने ३१ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको वितरणयोग्य मुनाफा १२ करोड ६२ लाख रुपैयाँ रहेको छ । चुक्ता पूँजी ३ अर्ब ३४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ ।

बैंकको प्रति शेयर आम्दानी २७.५९ रुपैयाँ छ ।


क्लिकमान्डु