निक्षेप तथा कर्जा सुरक्षण कोषले माग्यो प्रमुख कार्यकारी अधिकृत



काठमाडौं । अर्थमन्त्रालयको मातहतमा रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषले रिक्त पदमा प्रमुख कार्यकारी माग गरेको छ ।

कोषले आज एक सूचना जारी गर्दै रिक्त पदमा खुल्ला प्रतिस्पर्धाको प्रतियोगितद्वारा पदपूर्ति गर्ने भएको हो ।

कोषले उक्त पदका लागि योग्यता भएका इच्छुक नेपालीहरूले आजको मितिबाट आगामी १५ दिनसम्ममा अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय शाखामा आवेदन दिन सक्नेछन् ।

कोषकाअनुसार सो पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, वाणिज्य कानून, लेखा बैंकिङ वा बीमा विषयमा कम्तीमा स्नाकोत्तरमा द्वितीय श्रेणीमा उत्तीर्ण भएको हुनुपर्नेछ ।

साथै, बैंकिङ, बीमा र आर्थिक क्षेत्रमा कम्तीमा अधिकृत द्वितीय वा सो सरहको पदमा कम्तीमा ५ वर्षभन्दा बढीको अनुभव भएको हुनुपर्नेछ ।

कोषले ३० वर्ष पूरा भई ६० वर्ष उमेर ननाघेको हुनुपर्ने जनाएको छ । त्यस्तै, कोषले आवेदनका लागि ३ हजार दस्तुर तोकेको छ ।


क्लिकमान्डु