सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ४ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएकोमा बिहीबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु