पोखराको फिटनेस सेन्टर बब्स जिम तेस्रो बर्षमा, वार्षिकोत्सवमा ५०% छुट



पोखरा । पोखराको लोकप्रिय फिटनेस सेन्टर बब्स जिम तेस्रो वर्षमा प्रवेश गरेको छ । प्रतिमहिना ५ हजार शुल्क रहेको बब्स जिममा वार्षिक उत्सवको अवसरमा एक हप्ताभित्र बुकिङ गर्ने वार्षिक ग्राहकलाई ५० प्रतिशत छुट उपलब्ध गराइएको बब्स जिमका अध्यक्ष बैभव पौडेलले जानकारी दिए ।

जिम कार्डियो, साउना, स्टिम, स्पा, क्रस सिट उपलब्ध जिममा दैनिक करिब  ५० जनाले सेवा लिने गरेको पौडेलले बताए ।

बिहान साँढे ५ देखि बेलुका ८ बजेसम्म सन्चालन हुने जिममा कोरोना कहर अगाडि दैनिक करिब सय जनाले सेवा लिने गरेको पौडेल बताउँछन् ।

बब्स जिमका सन्चालक समेत रहेका जिम प्रशिक्षक केशव उदास र पावर लिफ्टिङ नेशनल च्याम्पियन ज्योती थापाले जिममा प्रशिक्षण दिँदै आएका छन् । उदास मिस्टर माछापुच्छ्रे लगायत विभिन्न प्रतिस्पर्धाका बिजेता हुन् । 

सेलिब्रेटीहरुको समेत उत्कृष्ट रोजाइ रहेको जिममा घुमघाम तथा सुटिङको शिलशिलामा पोखरा आइपुगेका सेलिब्रेटी समेतले सेवा लिएका छन् । कलाकारहरु राजेश हमाल, रमेश उप्रेती, प्रशान्त तामाङ, सन्दीप क्षेत्रीको पोखरा भ्रमणको जिम गन्तव्य बब्स जिम बन्ने गरेको छ ।

क्रिकेटर पारस खड्का, भलिबल खेलाडी सिपोरा गुरुङ, मिस्टर बुल्स म्यान तथा धर्मश्री बिजेता मिलन सिजापती, बडि बिल्डिङ वल्ड च्याम्पियन महेश महर्जन पोखरा बसाइमा फिटनेसका लागि बब्स जिम पुग्ने गरेका छन् ।


क्लिकमान्डु