सेयर बजारमा हरियाली, नेप्से ८७.६३ अंकले बढ्दा २ दर्जन कम्पनीको सेयरमा पोजेटिभ सर्किट

140
Shares

काठमाडौं । लगातार राताम्मे भएको सेयर बजारमा सोमबार हरियाली छाएको छ । नेप्से परिसूचक ८७.६३ अंकले बढेर २६७२.२५ अंकमा पुगेको छ । २४ सयको लाइनमा झरेर नेप्सेले उकालो यात्रा शुरु गरेको देखिए पनि कारोबार रकममा भने अपेक्षाकृत बढोत्तरी भएको छैन ।

यो दिन ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७४ रुपैयाँमा कारोबार भएको छ । यो दिनको कारोबारमा २११ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १० वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । साथै, ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिनको कारोबारमा उपसमूहतर्फ फाइनान्सतर्फ ७.८१ प्रतिशत, जलविद्युत् ७.५७ प्रतिशत, विकास बैंक ६.५ प्रतिशतले बढेको छ ।

साथै, यो दिनको कारोबारमा २ दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा मल्टिप्रपोज फाइनान्स कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, हिमालयन पावर पार्टनर, शिव श्री हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, दिव्यश्वरी, नेपाल हाइड्रो डेभलपर्स, राधी विद्युत् कम्पनी, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट, बेस्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, सांग्रिला डेभलपमेन्ट, अरुण काबेली पावरलगायत कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Skip This