जानकारीबिनै कामबाट निकालेपछि पशुपति विकास कोषका कर्मचारी आन्दोलनमा



काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा कार्यरत कर्मचारीलाई कोषले जानकारीबिनै कामबाट निकालेपछि आन्दोलनमा उत्रिएका छन् ।
कोषका अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारी जानकारीबिनै कोषले निष्कासन गरेपछि आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीहरूले साउन १ गतेदेखि आफूहरूलाई कामबाट निकालिएको भन्दै कोष अगाडि धर्ना दिएका छन् ।

६६ कर्मचारीहरुलाई जानकारीबिनै निष्कासन गरिएपछि नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका अध्यक्ष प्रेमबहादुर आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

‘धार्मिक संस्थामा श्रम गरेर आफ्नो र आश्रित परिवारको जीविकोपार्जनका लागि श्रम गरेका श्रमिकहरुले आज सडकको पेटीमा आशु बगाउनुपर्ने अवस्था कोषले सिर्जना ग¥यो । यो साह्रै दुखद् पक्ष हो,’ ज्ञापनपत्रमा उल्लेख छ ।

उनकाअनुसार श्रमिकलाई हाजिर गर्न वञ्चित गर्दा कोषले राज्यको परिपालना गरेको देखिँदैन । साथै, पीडित श्रमिकलाई ३ महिनादेखि हाजिर गराउने आश्वाशन कोषले दियो तर आजसम्म हाजिर गराएका छैनन् ।

मन्त्रालय देखाएर तीन महिनासम्म श्रमिकलाई अलपत्र पारेको भन्दै आलेले श्रमिकलाई तुरुन्त हाजिर गराई हाजिर गर्न बञ्चित गरिएको मितिदेखि श्रमिकहरूले खाईपाई आएको तलब भत्ता सेवा सुविधा उपलब्ध गर्न माग गरेको छ ।


क्लिकमान्डु