आगामी साता सवारी लाइसेन्सको आवेदन खुल्ने



काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन यही सातादेखि खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले कोभिड–१९ का कारण करिब ६ महिनादेखि रोकिएको नयाँ आवेदन खोलाउने तयारी गरेको हो ।

कोरोना संक्रमण फैलिएसँगै विभागले गत वैशाख १६ एक सुचना जारी गर्दै अनलाइन तथा भौतिक उपस्थितिमा दिइने आवेदन सेवा बन्द गरेको थियो ।

हालसम्म उक्त आवेदन खोल्न सकेको थिएन। त्यसैले विभागले यही सातासम्ममा नयाँ आवेदन खुलाउने तयारी गरेको विभागका प्रवक्ता लोकनाथ भुषालले जानकारी दिए ।

उनकाअनुसार करिब लामो समयदेखि चालकहरू नयाँ आवेदनको लागि पर्खिरहेका छन् । उक्त सेवाग्राहीलाई मध्यनजर गर्दै विभागले आवेदन खुलाउने तयारी गरेको हो ।

विभागले कोरोनाकारण रोकिएका ट्रायल परीक्षा पनि गरिरहेका छन् । यससँगै विभागले नयाँ आवेदन खुलाउने तयारी गरेको विभागले जनाएको छ ।


क्लिकमान्डु