सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएकोमा आइतबार ४ सय रुपैयाँ बढेर ९२ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएकोमा आइतबार १० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु