आगामी मंसिरमा पुननिर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मलेन हुने



काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्र्राष्ट्रिय सम्मलेनको आयोजना गर्ने भएको छ ।

प्राधिकरणले आज एक पत्रकार सम्मेलन गर्दै नेपालले भुकम्प पछिको पुनर्निर्माणमा हासिल गरेको उपलब्धि र अनुभव आगामी पुस्ता र विश्वसामू देखाउनको लागि सम्मलेन आयोजना गर्ने भएको जनाएको हो ।

नेपालमा २०७२ साल वैशाख १२ गते गएको भुकम्पले देशभर क्षति पु¥याएको थियो । साथै, हजारौं मानिस र घर भत्किएका थिए । सोही संरचना पुनर्निर्माणको लागि नेतृत्व गरेको प्राधिकरणले आगामी मंसिरमा सम्मलेलन आयोजना गर्ने भएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा नेपालले प्राप्त गरेको अनुभव र सिकाईलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न पुनर्निनिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय आयोजना गर्न लागेको जानकारी दिए ।

‘प्राधिकरणले ६ वर्षमा सम्पन्न गर्ने गरी लक्ष्य लिएकोमा विभिन्न जटिलता र समस्या भोग्दै उल्लेखनीय कार्य गरेको छ,’ उनले भने, ‘त्यसैले नेपालले विभिन्न समस्याका बाबजुद कसरी पुनर्निनिर्माण गर्न सफल भयो भन्नेबारे विश्वलाई देखाउनका लागि सम्मेलनको आयोजना गर्ने भएको हो ।’

सम्मेलनमा निजी आवास पुनर्निर्माण, साँस्कृतिक सम्पदा, सार्वजनिक पूर्वाधार, जीविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानको प्रस्तुतिको साथै विषयगत गोष्ठीहरू हुनेछ ।

उक्त कार्यक्रममा स्वदेशी तथा विदेशी पाहुना, विष्या विज्ञ तथा विभिन्न प्रतिनिधिहरूको सहभागी हुने प्राधिकरणले जनाएको छ ।

साथै, सोही कार्याक्रममा सम्मेलनलाई लक्षित गरी आईसीएनआर वेवपोर्टल वेवसाइट सार्वजनिक गरेको छ ।


क्लिकमान्डु