सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएकोमा बुधबार १ सय रुपैयाँ बढेर ९१ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएकोमा बुधबार ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएकोमा बुधबार १० रुपैयाँले बढेर १२ सय ३५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु