वृहत ग्रूपले ‘मिलानो’ नेपाल भित्र्यायो



काठमाडौं । रियल स्टेट कम्पनी वृहत ग्रूपले स्यानिटरी तथा बाथ फिटिङ्समा प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ‘मिलानो’लाई आधिकारिक रुपमा नेपाल भित्र्याउने भएको छ ।

इटालियन ब्राण्ड मिलानो बाथरुम सम्बन्धी प्रिमियम रेन्जका प्रडक्टहरुका लागि संसारभर परिचित छ । वृहतले काठमाडौंको कलंकीमा मिलानोको एक्सक्लुसिभ शोरुम समेत आगामी डिसेम्बरबाट संचालनमा ल्याउनेछ ।

कम्पनीले यसअघि दुबईको बहुराष्ट्रिय होम इम्प्रुभमेन्ट रिटेल ब्रान्ड ’डेन्युब होम’ नेपाल भित्र्याएको थियो ।

गत अगष्ट अन्तिम साताबाट वृहतले काठमाडौं सुन्धाराको ताहगल्लीमा डेन्युब होम नेपालको एक्सक्लुसिभ शोरुम संचालनमा ल्याएको छ ।

वृहत ग्रूपका कार्यकारी अध्यक्ष ओम राजभण्डीले कम्पनीको १४औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा भने, ‘कोभिड–१९ मा व्यवसायिक जगत नयाँ लगानीका लागि सोच्न पनि मुस्किल भइरहेको बेला हामीले डेन्युबलाई नेपालमा सहकार्यका लागि प्रस्ताव गरेको आठ महिनाभित्र यसको शोरुम नै खोल्न सक्यौं । अब मिलानोलाई पनि नेपाल भित्र्याउँदै छौं ।’

यसको डिसेम्बरभित्रै यसको पहिलो एक्सक्लुसिभ आउटलेट कलंकीमा खुल्नेछ । डिसेम्बरभित्रै काठमाडौंको डिल्लीबजारमा डेन्युब होमको दोस्रो शाखा पनि खुल्ने राजभण्डारीले बताए । उनले डेन्युब होम र मिलानो दुवैका आउटलेटहरु राजधानी बाहिर नेपालका सबै प्रमुख शहरहरुमा पनि निकट भविष्यमै विस्तार गर्ने कम्पनीको योजना रहेको पनि बताए ।

घरलाई सुन्दर र सुविधायुक्त बनाउने बेडरुम, किचेनदेखि बाथरुम र गार्डेन सम्मका लागि चाहिने सम्पूर्ण रेन्जका सामानको वान स्टप सोलुशन दिनेगरी डेन्युब र मिलानोलाई नेपाल भित्र्याएको उनको भनाइ छ ।


क्लिकमान्डु