महिला लघुवित्तले ५०% लाभांश दिने



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५० प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले ४५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु