सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार २ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँ कायम भएकोमा शुक्रबार ९० हजार १ सय ५० रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएकोमा शुक्रबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु