सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य मंगलबार प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार ५ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँ कायम भएकोमा बिहीबार ८९ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएकोमा बिहीबार १० रुपैयाँ बढेर ११ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु