नेपाल ल्युव आयलले ३५ प्रतिशत लाभांश दिने



काठमाडौं । नेपाल ल्युव आयल लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले असोज १८ गते वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त लाभांशको प्रस्ताव साधारण सभामा पेश गरिनेछ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिन लागेको हो । कम्पनीले लाभांशका लागि सेयर दाखिला असोज ५ गतेदेखि १८ गतेसम्म बन्द रहने समेत जनाएको छ ।


क्लिकमान्डु