हाथवे इन्भेष्टमेन्टले ५५% लाभांश दिने, १४ करोड ६२ लाख ५० हजारको आइपीओ निष्कासन गर्ने



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सेयरधनीलाई ५५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ३० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस दिने निर्णय प्रस्ताव गरेको हो ।

सेयर बजारमा ठूलो लगानीकर्ताका रुपमा परिचित हाथवे कम्पनीले यसका लागि आगामी भदौ २५ गतेका लागि वार्षिक साधारणसभा समेत बोलाएको छ । जसमा साधारण प्रस्ताव अन्तर्गत सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ भने विशेष प्रस्तावमार्फत् सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

त्यसका साथै कम्पनीले सर्वसाधारणका लागि कुल चुक्तापुँजी १ अर्ब १७ करोडको १२.५ प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ समेत जारी गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले भदौ २५ गते दिउँसो २ बजे कम्पनी रजिष्टर्ड कार्यालय लैनचौरमा साधारणसभा समेत बोलाएको छ ।


पुष्प दुलाल