समयमा काम नगर्ने ७ कम्पनी कालोसूचीमा



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ७ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ ।

बिक्रम कुमार नेवार संचालक रहेको ए.के. एण्ड गावा कन्स्ट्रक्सनलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ भने बाँकी ६ वटा कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा पर्नेमा भीमप्रसाद श्रेष्ठ संचालक रहेको कालिगंगा निर्माण सेवा, भूमि प्रसाद ढुंगाना संचालक रहेको कण्टा निर्माण सेवा, देव सिंह विष्ट संचालक रहेको कालीनाथ कन्स्ट्रक्सन सेवा र दीपक बस्नेत संचालक रहेको अम्बर सप्लायर्स ट्रेडर्स रहेका छन् ।

त्यस्तै, अब्दुला खान संचालक रहेको आविद निर्माण सेवा र अंगत खड्का संचालक रहेको विक्रम खाद्य स्टोरलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।


क्लिकमान्डु