हुलाकबाट आदानप्रदान हुने सामान र चिठ्ठीपत्रको ओसारपसार अब नेपाल एयरलाइन्सले गर्ने



काठमाडौं । नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसारप्रसार गर्ने सम्बन्धी सम्झौतामा भएको छ ।

सन् २०२१ जुलाई १ देखि लागू हुने सो सम्झौता अन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यहरुमा अव निगममार्फत् मात्रै सामान तथा चिठ्ठीपत्रहरु ढुवानी हुनेछन् ।

यसअघि विभागले विभिन्न विदेशी हवाई कम्पनीमार्फत् सो काम गराइरहेको थियो । यसबाट विदेशी हवाई सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करोडौं रुपैयाँ देशभित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्झौतामा नेपाल वायुसेवा निगमको तर्फबाट महाप्रबन्धक डिमप्रसाद पौडेल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक आभाश्रेष्ठ कर्णले सम्झौता पत्रमा हस्ताक्षर गरे ।


क्लिकमान्डु