बिहीबारको प्रि-ओपनिङमा १३.२५ अंकले बढ्यो नेप्से, ३४ कम्पनीको सेयर मूल्यमा वृद्धि
काठमाडौं । बिहीबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १३.२५ अंकले बढेकाे छ ।
प्रि-ओपनिङमा ६४ वटा कम्पनीको कारोबार हुँदा ३४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५ वटाको घटेको छ । साथै १५ वटाको सेयर मूल्य स्थिर छ ।
प्रि-ओपनिङमा ओरियन्टल होटल लिमिटेड, आइएमइ जनरल इन्स्योरेन्स, प्रोग्रेसिभ फाइनान्स, फस्ट माइक्रो फाइनान्स, मिथिला लघुवित्त, नेशनल माइक्रोफाइनान्स, एभरेष्ट इन्स्योरेन्सलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।
साथै श्री इन्भेष्टमेन्ट, रसुवागढी हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, शिव श्री हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर, बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य घटेको छ ।