सिंगापुरबाट २५ करोड बराबरको १३ टन कोभिड-१९ सम्बन्धी सहायता नेपाल आइपुग्यो

280
Shares

काठमाडौं । कोभिड-१९ महामारीसँग लड्नका लागि १३ टनभन्दा बढी मेडिकल कार्गो लिएर नेपाल वायुसेवाको चार्टर उडान सिंगापुरबाट नेपाल आइपुगेको छ ।

तामासेक फाउण्डेशन सिंगापुर, लोटस लाइफ फाउण्डेशन सिंगापुर, गोर्खा ब्रुअरी प्रालिका साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपाली प्रवासीसँग घनिष्ठ सहकार्यद्वारा गरिएको सहयोग प्राप्त भएको हो ।

करिब ३ मिलियन सिंगापुर डलर (करिब २५ करोड नेपाली रुपैयाँ) को संयुक्त अनुमानित मूल्यको कार्गो स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई दुई दाताहरुका तर्फबाट गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले आज भएको एक संक्षिप्त समारोहमा हस्तान्तरण गरे ।