नेपालमा फेरि कोरोनाको भेरियन्ट देखियोः स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि कोरोनाको नयाँ भेरियन्ट देखिएको बताएको छ ।
कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुको जीन सिक्वन्सिङ गरी प्राप्त नतिजाअनुसार ९७ प्रतिशत (३४) जनामा बी.१.७१२.२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी.१.७१२.१ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाइएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा यो परिवर्तित भाइरससहित ३ प्रकारका भाइरस पुुष्टि भएको मन्त्रालयद्धारा जागरी विज्ञप्तिमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो भेरियन्टलाई विश्वव्यापरी भेयरयन्ट अफ कन्सर्न भनेर घोषणा गरिसकेको छ ।