सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ताको संख्या २ लाख नाघ्यो
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको संख्या २ लाख नाघेको छ ।
करिब दुई वर्षअघि निजी क्षेत्रमा आबद्ध रोजगारदाता र श्रमिकलाई योगदान गर्ने उद्देश्यका साथ शुरु भएको कोषमा हालसम्ममा १३ हजार ८ सय ३५ रोजगारदातासहित २ लाख १ हजार ८ सय ५३ योगदानकर्ता आबद्ध भएको हो ।
कोषमा सबैभन्दा बढी रोजगारदाता र योगदातकर्ता बागमति प्रदेशमा रहेको कोषले जनाएको छ ।
हालसम्मको अवस्था हेर्दा बागमती प्रदेशबाट ९ हजार २ सय ४९ रोजगारदाता र १ लाख ५१ हजार ६३ जना योगदातकर्ता आबद्ध भएका छन् ।
त्यस्तै, प्रदेश १ बाट १८ सय ६० रोजगादाता र २० हजार ६ सय ३१ योगदानकर्ता, लुम्बिनी प्रदेशबाट १२ सय २६ रोजगारदाता र ७ हजार १ सय ६७ योगदानकर्ता, गण्डकी प्रदेशबाट ६ सय १९ रोजगारदाता र ७ हजार २ सय २६ रोजगारदाता, प्रदेश २ बाट ५ सय ६६ रोजगारदाता र १४ हजार ४ सय १४ योगदानकर्ता आबद्ध भएका छन् ।
साथै, सुदुरपश्चिम प्रदेशबाट १ सय ६८ रोजगारदाता र ८ सय २५ योगदानकर्ता र कर्णाली ्प्रद्शबाट १ सय ४७ रोजगारदाता र ८ सय २५ योगदानकर्ता आबद्ध भएको कोषको तथ्याङ्कले देखाउँदछ ।
उक्त आबद्ध भएको रोजगारदाता र योगदानकर्ताबाट हालसम्ममा ५ अर्ब ५ अर्ब ५० करोड योगदान रकम संकलन गरेको छ । कोषको विभिन्न चार वटा योजना अन्तर्गत योगदानकर्ता आबद्ध भई सो रकम संकलन भएको हो ।
जसमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा आबद्ध भएको योगदानकर्ताबाट १७ करोड ७४ लाख २२ हजार रकम संकलन भएको छ ।
त्यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत २४ करोड ८३ लाख ९१ हजार, आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ४ करोड ७९ लाख ४ हजार र वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत ५ अर्ब २ करोड ६३ लाख ८७ हजार योगदान रकम संकलन भएको छ ।
कोषले प्रदान गर्यो साढे ७ करोड बढी दावी भुक्तानी रकम
कोषले २ लाख बढी आबद्ध भएका योगदानकर्ता तथा रोजगारदातालाई कोषले प्रदान गरेको विभिन्न सुविधाबाट ७ करोड ७९ लाख दाबी भुक्तानी प्रदान गरेको छ ।
सो रकम विभिन्न योजनाको आधारमा ३५ सय ३३ जना योगदानकर्ता र रोजगारदातालाई कोषले प्रदान गरेको छ । जसमा कोषले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत २५ सय २४ जना योगदानकर्तालाई ३ करोड २० लाख ३१ हजार दाबी भुक्तानी रकम प्रदान गरेको छ ।
त्यसैगरी दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत १ सय ९ जना योगदानकर्ताले १ करोड ९७ लाख ३२ हजार रकम दाबी कोषले भुक्तानी गरेको छ ।
साथै, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ३ सय ५१ जनाले दाबी गरेकोमा ३ करोड ७८ लाख २० हजार रकम र वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत ५ सय ४९ योगदानकर्तालाई ४ करोड १ लाख ८९ हजार रुपैयाँ दाबी भुक्तानी रकम प्रदान गरेको कोषले जनाएको छ । त्यस्तै कोषबाट २ हजार २२३ जना लाभग्राही भएको कोषको भनाइ छ ।