निफ्राको खुद नाफामा सामान्य सुधार, ८ अर्बको आइपीओ जारी गरेको बैंकको ५ रुपैयाँ सेयर आम्दानी



काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५८ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १.२४ प्रतिशत बढी हो ।

गत आवको चैत मसान्तसम्म बैंकले ५८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै सो अवधिमा ४६ करोड ३२ लाख रुपैयाँ रहेको जनाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४५ करोड ८६ लाख रुपैयाँ रहेको थियो ।

चैत मसान्तसम्म बैंकले ३० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन र ४९ करोड रुपैयाँ सापटी लिएर गरी २ अर्ब १९ करोड ६६ लाख रुपैयाँ कर्जा प्रवाह गरको छ । साथै, सो अवधिमा बैंकले १ अर्ब २६ करोड रुपैयाँ बराबर कर्जा स्वीकृत गरी वितरणको तयारीमा रहेको उल्लेख गरेको छ ।

बैंकले कर्जा लगानी गरेवापत भने सो अवधिमा ९३ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । भने सो अवधिमा सञ्चालन ९२ करोड ११ लाख रुपैयाँ आर्जन गरेको जनाएको छ ।

गत वर्षको चैत मसान्तसम्म १२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बै्रंकले ८ अर्ब रुपैयाँ साधारण सेयर (आइपीओ) जारी गरी हाल २० अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ ।

यसै त्रैमासमा आइपीओ जारी गरेको बैंकको ३९ दिन सेयर कारोबार भइसकेको छ । भने, बैंकको प्रतिसेयर मूल्य ५ सय ८५ रुपैयाँ रहेको छ । तर प्रतिसेयर आम्दानी भने ५ रुपैयाँ ०२ पैसा मात्रै छ । साथै, प्रतिसेयर नेटवर्थ १ सय १० रुपैयाँ र इक्यूटिमा प्रतिफल ४ ३९ गुणा रहेको उल्लेख छ ।

बैंकले आगामी दिनमा कोभिड–१९ को असरबाट जोखिम न्यूनिकरण गर्ने रणनीति अवलम्बन गर्दै पूर्वाधारका परियोजनामा कर्जाको विविधिकरण गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।


क्लिकमान्डु