सिटिजन्स बैंकले सुरु गर्यो मेसिनमा कार्ड नछिराई भुक्तानी पाउने विधि



काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई भिसा कन्टयाक्टलेस कार्ड सेवाको सुरु गरेको छ ।

बैंकले नियर फिल्ड कम्यूनिकेशनमा आधारित उक्त कार्ड ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ । यस प्रविधीमा मेसिन भित्र कार्ड नछिराई एउटा सिमित दुरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरि भुक्तानी गर्न सकिन्छ ।

यो प्रविधी सरल एवम सहज हुनुका साथै अहिलेको कोभिडको जोखिममा कसैसँग नछोइकन कारोबार गर्न सकिन्छ । राष्ट्र बैकको नियमानुसार हाललाई यस प्रविधीबाट प्रति कारोबार २ हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिने व्यवस्था मिलाइएको छ ।

बैंकले देशैभरी फैलिएका १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिब सात लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु