कृषि विकास बैंकको चौधौ वार्षिक साधरण सभा सम्पन्न



काठमाडौं । कृषि विकास बैंकको १४औं वार्षिक साधरणसभा सम्पन्न भएको छ । सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा भर्चुयल माध्यमबाट सम्पन्न भएको हो ।

बस्तु/सेवाहरुलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरुमा २७६ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पुर्याउन  बैंक सफल भएको छ ।
बैंकको बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवालको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैंकका करिव ३ लाखको संख्यामा रहेका शेयरधनीहरुलाई उक्त साधरणसभाले उत्साहजनक प्रतिफल स्वरुप १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ ।


क्लिकमान्डु