नबिल बैंकले गाडी किन्न ८.९९ प्रतिशत ब्याजमा ऋण दिने



काठमाडौं । नबिल बैंकले माघ महिनाको ब्याजदर सार्वजनिक गरेकाे छ ।

बैंकको मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ५ देखि ६.५० प्रतिशत र संस्थागत तर्फ ४ देखि ६.५० प्रतिशतसम्म ब्याज पाइने छ । यस्तै बचतमा न्यूनतम १.५० देखि ३.५० प्रतिशतसम्म ब्याज पाइने छ ।

मंसिरमा बैंकको आधारदर ६.२१ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा ११.२१ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

बैंकबाट अधिकांश कर्जा लिँदा ११.२१ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट कृषि, उर्जा, टर्म, हाउजिङ, मोटरेज, अटो लोन लिँदा ११.२१ प्रतिशत ब्याज लाग्ने गरेको छ ।

बैंकबाट ५ वर्ष सम्मको लागि हाउजिङ र मोटरेज लोन लिँदा ८.४९, अटो लोन लिँदा ८.११, अन्य रिटेल लोन लिँदा ११.५० प्रतिशत ब्याज लाग्ने छ ।

यस्तै ५ देखि ७ वर्षको लागि अटो लिन लिँदा ११, ५ देखि १० वर्षको लागि हाउजिङ र मोटरेज लोन लिँदा १०.५० र १० देखि १५ वर्ष हाउजिङ र मोटरेज लोन लिँदा ११ प्रतिशत ब्याज लाग्ने छ ।


क्लिकमान्डु