नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, घर किन्न ८.३६ प्रतिशतमा ऋण पाइने
काठमाडौं । नेपाल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचततर्फ २.५ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्यादर तोकेको छ । बैंकले हाल २५ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी फिक्स्ड डिपोजिटमा अवधिअनुसार ५.५ प्रतिशतदेखि ७ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।
बैंकले असोज महिनामा कायम गरेको बेसरेट ६.८१ प्रतिशत छ भने मंसिरसम्मको बेसरेट ४.३५ प्रतिशत छ ।
बैंकले कर्जाको ब्याजदरतर्फ कर्जतर्फ बेसरेटमा १.५५ प्रतिशतदेखि २.५५ प्रतिशतसम्मको ब्याजदर तोकेको छ भने अटो लोनमा बेसरेटमा १.५५ प्रतिशतदेखि ४.१६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
त्यसैगरी घर कर्जातर्फ बेसरेटमा ५ वर्षका लागि १.५५ प्रतिशतदेखि २.१६ प्रतिशतसम्म, १० वर्षका लागि बेसरेटमा २.१९ प्रतिशतदेखि २.८० प्रतिशतसम्म, त्यसभन्दा माथिको अवधिका लागि बेसरेटमा ३.०५ प्रतिशतदेखि ३.६ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।