सनराइज बैंकको साधारणसभा सम्पन्न, ८.२८ प्रतिशत लाभांश पारित



काठमाडौं । सनराइज बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

पुस २४ गते बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडज्यूको सभापतित्वमा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पूँजीको ५.८० प्रतिशत बोनस र २.४८ प्रतिशत रकम कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी रु. ८ अर्ब ९६ करोड रहेकोमा यस साधारणसभाबाट पारित बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजीमा बृद्धि भई ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ पुगेको छ ।

बैकले हाल १३९ वटा शाखा, ५८ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटीएममार्फत् आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्र्दै आइरहेको छ ।


क्लिकमान्डु