नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने
काठमाडौं । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने भएको छ ।
नेपाल फाइनान्सका अनुसार ललितपुर महानगरपालिका-५ लगनखेलमा प्रधान कार्यालय रहेको ललितपुर फाइनान्सलाई प्राप्ति गर्न लागेको छ ।
संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको ३३२ औं बैठकले उक्त संस्थालाई प्राप्ति गर्नको लागि २३ गते सम्झौता भएको छ । सम्झौता पत्रमा दुवै संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन् ।