माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्बीच सम्झौता
काठमाडौं । सिप्रदी ट्रेडिङ्का ग्राहकले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल खरिदमा माछापुच्छ्रे बैंकबाट सहुलियत दरमा कर्जा पाउने भएका छन् ।
त्यसको लागि माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता भएको छ । सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्गका अध्यक्ष राजन बाबु श्रेष्ठ र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकले देशभर रहेका शाखा कार्यालयहरु मार्फत सिप्रदी ट्रेडिङ्गका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमि कर्मसियल सवारी साधान खरिद गर्दा सहज र सरल रुपमा सेवा पाउने छन् ।
हाल बैंकले १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मेसिन मार्फत सेवा दिइरहेको छ ।