प्राइम बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस दिने
काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकको उक्त निर्णय नेपाल राष्ट्र बैंकले अनुमति र साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
बैंकको हालको चुक्तापुँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०४ रुपैयाँ रुपैयाँ छ । बोनस सेयर जारी भएपछि चुक्तापुँजी १६ अर्ब रुपैयाँ पुग्नेछ ।