मन्त्रीबाट राजीनामा घोषणा गरेर निजी गाडीमा यसरी बाहिरिए घनश्याम र योगेश



काठमाडौं । मन्त्री पदबाट राजीनामाको घोषणा गरेर निजी गाडीमा घनश्याम भुषाल र योगेश भट्टराई बाहिरिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीमा माधव नेपाल निकट मानिने भुषाल ओलीको मन्त्रीपरिषद्मा कृषिमन्त्री थिए भने भट्राई पर्यटनमन्त्री थिए ।

संसद्को कृषि समितिमा राजीनामा घोषणा गरेर बाहिरिने क्रममा भुषाल र भट्राईले झण्डावाल गाडी त्याग्दै निजी सवारीमा बाहिर निस्केका हुन् ।

नेकपामा देखिएको विवाद मिलाउनको लागि भुषाल र भट्राईले निकै नै पहल गरेका थिए । प्रधानमन्त्रीको संसद् बिघटन सम्बन्धि प्रस्तावको समेत विरोध गरेका थिए । भुषाल सहित ७ मन्त्रीले आइतबार नै राजीनामा घोषणा गरेका छन् ।


क्लिकमान्डु