नबिल बैंकको नाफा ७.८२ % ले घट्यो, अरु सूचक कस्ता ?



काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यो अवधिमा बैंकले १ अर्ब ३ करोड ५७ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको पहिलो त्रैमासमा ७.८२ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा बैंकको नफा १ अर्ब १२ करोड ३५ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब २० करोड ८८ लाख ७ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चलान मुनाफामा आएको गिरावटले बैंकको नाफा खुम्चिएको छ ।
गत आवको पहिलो त्रैमासमा १ अर्ब ९१ करोड ८६ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ५७ करोड ४० लाख १५ हजार रुपैयाँमा सिमित बनेको छ ।

यस्तै सञ्चालन मुनाफा पनि १ अर्ब ६० करोड ६२ लाख ७२ हजार रुपैयाँबाट घटेर १ अर्ब ४८ करोड ३० लाख ६९ हजार रुपैयाँ रहेको छ । १० अर्ब ९७ करोड ७४ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ६१ करोड ९६ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

१ खर्ब ९६ अर्ब १५ करोड १८ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ५७ अर्ब १९ करोड ६० लाख २४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।


क्लिकमान्डु