एनएमबि बैंकको नाफामा छलाङ, पहिलो त्रैमासको वितरयोग्य नाफा ५१ करोड ९१ लाख



काठमाडौं । एनएमबि बैंकको नाफामा छलाङ मारेको छ । अरु बैंकको नाफा घटेको बेला एनएमबिले अघिल्लो वर्षको तुलनामा नाफा दोब्बरले बढाएको छ । गण्त आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा ७३ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन गत आवको तुलनामा ४६ करोड ११ लाख रुपैयाँ बढी हो ।

बैंकद्वारा सार्वजनिक चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफाभने ५१ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

सो अवधिमा बैंकले १ खर्ब ४० अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले १ अर्ब ३५ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १०.९१ प्रतिशत अर्थात् १३ करोड ३५ लाख रुपैयाँ बढी हो । गत आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब २२ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

असोज मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १.९७ प्रतिशतबाट बढेर २.२६ प्रतिशत पुगेको छ । साथै, हाल बैंकको पूँजीकोष अनुपात १४.२६ प्रतिशत, आधारदर ७.८५ प्रतिशत, सिसिडी रेसीयो ७९.७७ प्रतिशत र स्प्रेडदर ४.३८ प्रतिशत छ ।


क्लिकमान्डु