नेपाल एसबीआई बैंकको नाफा ५४.१४ % ले घट्यो, प्रतिसेयर आम्दानी ८ रुपैयाँ



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल एसबीआई बैंकको नाफा घटेको छ ।

बैंकको नाफा ५४.१४ प्रतिशतले घटेर २० करोड ५ लाख २ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ७२ लाख ३० हजार रुपैयाँ रहेको थियो । यो तीन महिनामा बैंकको वितरणयोग्य नाफा २५ लाख ८३ लाख रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भारी गिरावट आएको छ । गत आवको पहिलो त्रैमासमा १ अर्ब ३ करोड ५८ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा चालु आवको सोही अवधिमा ५९ करोड ८५ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

यस्तै बैंकको सञ्चालन मुनाफा पनि ६४ करोड ४० लाख ६५ हजार रुपैयाँबाट घटेर २८ करोड ५४ लाख ३९ हजार रुपैयाँमा समिति भएको छ ।

८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ५८ करोड ३४ लाख १७ हजार रुपैयाँ रहेको छ ।

१ खर्ब १२ अर्ब ३६ करोड १८ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८६ अर्ब ९४ करोड ३२ लाख ८४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब ०.१७ प्रतिशतले बढेर ०.२५ प्रतिशतमा पुगेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९५ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ २७ पैसा रहेको छ ।


क्लिकमान्डु