सेञ्चुरी बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा ऋणात्मक



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सेञ्चुरी बैंकको नाफा घटेको छ ।

बैंकको नाफा ४०.६० प्रतिशतले घटेर २२ करोड २ लाख ५९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३७ करोड ८ लाख १५ हजार रुपैयाँ रहेको थियो ।

यो तीन महिनामा बैंकको वितरणयोग्य नाफा ११ लाख ६१ लाख ६१ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि भारी गिरावट आएको छ । गत आवको पहिलो त्रैमासमा ७८ करोड ४ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा चालु आवको सोही अवधिमा ६६ करोड ८४ लाख १९ हजार रुपैयाँ रहेको छ ।

यस्तै बैंकको सञ्चालन मुनाफा पनि ५२ करोड ११ लाख ८९ हजार रुपैयाँबाट घटेर ३० करोड ७६ लाख ६१ हजार रुपैयाँमा समिति भएको छ ।

८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ८९ करोड ४० लाख ३३ हजार रुपैयाँ रहेको छ ।

७९ अर्ब २० करोड ८ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ६३ अर्ब ६२ करोड ८० लाख ३२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब ४.४७ प्रतिशतले घटेर २.०८ प्रतिशतमा झरेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ४७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ६४ पैसा रहेको छ ।


क्लिकमान्डु