हिमालयन बैंकको नाफा ४७.२९ % ले घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन बैंकको नाफा घटेको छ ।
बैंकको नाफा ४७.२९ प्रतिशतले घटेर ३६ करोड ५९ लाख १४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ६९ करोड ४२ लाख २२ हजार रुपैयाँ रहेको थियो ।
तीन महिनामा बैंकको वितरणयोग्य नाफा ६२ लाख ६२ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि गिरावट आएको छ । गत आवको पहिलो त्रैमासमा १ अर्ब ३१ करोड ८८ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा चालु आवको सोही अवधिमा ९३ करोड ८९ लाख ६० हजार रुपैयाँ रहेको छ । यस्तै बैंकको सञ्चालन मुनाफा पनि ९९ करोड २ लाख ८७ हजार रुपैयाँबाट घटेर ५१ करोड ७५ लाख २९ हजारमा समिति भएको छ ।
९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड ९७ लाख ७ हजार रुपैयाँ रहेको छ ।
१ खर्ब २८ अर्ब ८२ करोड ६९ लाख ८४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ९९ अर्ब ३८ करोड ३० लाख २५ हजार रुपैयाँमा कर्जा लगानी गरेको छ । बैंकको कर्जा लगानी घटेको छ । गत आवको सोही अवधिमा १ खर्ब १ अर्ब ७२ करोड ८४ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।
प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६२ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ५९ पैसा रहेको छ ।